सूचना
गाउँपालिका परिचय
पाथीभरा याङवरक गाँउपालिका नेपालको प्रदेश नं. १ को मेची अञ्चल अन्तरगत ताप्लेजुङ्ग जिल्लाको पुर्वी भागमा अवस्थित एक सुन्दर गाँउपालिका हो। यस गाउँपालिकाको कूल क्षत्रफल ९२.७६ वर्गकिलोमिटर रहेको छ। यस गाउँपालिकाको कूल जनसङ्ख्या १५१२४ (घर धुरि सर्भेक्षण - २०७४, बैशाख अनुसार) रहेको छ। यस गाउँपालिकाको सिमाना पूर्व-उत्तरमा सिरीजंघा गाउँपालिका,पश्चिममा फुङलिङ्ग नगरपालिका र दक्षिणमा ताप्लेजुङ्ग र पाँचथरको सिमाना कावेली खोला रहेको छ।यस गाउँपालिकामा अवस्थित पर्यटकीय स्थलहरु केसानी नाम्सानी, टोड्के पहरा,धापपोखरी, सिरीजंघा माङ्हिम, साम्बाछ्यो खोर्लिङ्ग गुम्वा रहेको छ। यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ।
वडा विभाजन |
|||
वडा नं. |
साविकका गा.वि.स |
जनसंख्या |
क्षेत्रफल (वर्ग कि. मी) |
१ |
नाङखोल्याङ |
४१५३ |
२१.०४५ |
२ |
थेचम्बु |
३८४० |
२१.३१३ |
३ |
तिरीङ्गे |
१८८१ |
२०.७५१ |
४ |
डुमृसे |
१६०९ |
११.८५२ |
५ |
चाक्सिबोटे |
१०७८ |
६.७८५ |
६ |
थुम्बेदिन |
२५६३ |
११.०१४ |