पाथीभरा याङवरक गाउँपालिकाको वेबसाइटमा तपाईहरुलाई स्वागत छ।

गाउँपालिका परिचय

पाथीभरा याङवरक गाँउपालिका नेपालको प्रदेश नं. १ को मेची अञ्चल अन्तरगत ताप्लेजुङ्ग जिल्लाको पुर्वी भागमा अवस्थित एक सुन्दर गाँउपालिका हो। यस गाउँपालिकाको कूल क्षत्रफल ९२.७६ वर्गकिलोमिटर रहेको छ। यस गाउँपालिकाको कूल जनसङ्ख्या १५१२४ (घर धुरि सर्भेक्षण - २०७४, बैशाख अनुसार) रहेको छ। यस गाउँपालिकाको सिमाना पूर्व-उत्तरमा सिरीजंघा गाउँपालिका,पश्चिममा फुङलिङ्ग नगरपालिका र दक्षिणमा ताप्लेजुङ्ग र पाँचथरको सिमाना कावेली खोला रहेको छ।यस गाउँपालिकामा अवस्थित पर्यटकीय स्थलहरु केसानी नाम्सानी, टोड्के पहरा,धापपोखरी, सिरीजंघा माङ्हिम, साम्बाछ्यो खोर्लिङ्ग गुम्वा रहेको छ। यस गाउँपालिकालाई ६ वडामा विभाजन गरिएको छ।

वडा विभाजन

वडा नं.

साविकका गा.वि.स

जनसंख्या

क्षेत्रफल (वर्ग कि. मी)

नाङखोल्याङ

४१५३

२१.०४५

थेचम्बु

३८४०

२१.३१३

तिरीङ्गे

१८८१

२०.७५१

डुमृसे

१६०९

११.८५२

चाक्सिबोटे

१०७८

६.७८५

थुम्बेदिन

२५६३

११.०१४

प्राय सोधिने प्रश्नहरु

१. शिक्षकको सरुवाको लागि चाहिने कागजातहरु के के हुन?

    १.जान चाहेको र कार्यरत विद्यालयको सहमति पत्र

    २.निवेदन

    ३.गाउँपालिकाको सहमति सिफारिश

    ४.जिल्ला शिक्षा विकास समन्यव इकाईले सरुवा गर्ने

 

२.उजुरी दर्ता कसरी गर्ने?

उत्तरः आफुसँग भएका प्रमाणहरुका साथ आफैले वा कानुन व्यवसाय मार्फत तोकिएको ढाँचामा उजुरी लेखि/लेखाई न्यायिक समितिको सचिवालयमा उजुरी अधिकृत बाट दर्ता गर्ने।

Pages